अजरबैजानमा अर्मेनियाले गरेको आक्रमणमा परी १२ जनाको मृत्यु

अन्तराष्ट्रिय

अजरबैजानमा अर्मेनियाले गरेको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको हो । आक्रमणमा परी ४० जनाभन्दा बढी घाइते भएका छन । अर्मेनियाले गान्जा सहरमा रहेको अपार्टमेन्टमा आक्रमण गरेको हो । अर्मेनियाको आक्रमणबाट गान्जामा २० भन्दा बढी घरहरु ध्वस्त भएका छन् । आक्रमणवारे अर्मेनियाले कुनै प्रतिक्रिया जनाएको छैन । अजरबैजानका राष्ट्रपतिका सहयोगी हिक्मत हाजियभले ध्वस्त भएका भवनका भग्नावशेषहरुबाट मानिसहरुको उद्धार भइरहेको बताएका छन् । उनले अर्मेनियाले भएको ‘राज्य आतंकको नीति’ बन्द गर्नुपर्ने बताएका छन् । टर्कीले पनि अर्मेनियाली आक्रमणको निन्दा गरेको छ । अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाख सीमा क्षेत्रलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । केही दिनअघि रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभको मध्यस्थतामा मस्कोमा अजरबैजान र अर्मेनियाबीच युद्धविराम गर्ने सहमति भएपनि त्यसको पालना भएको छैन । सेप्टेम्बर २७ पनि दुईदेशविच युद्ध हुँदा तीन सय भन्दा बढीको मृत्यु भैसकेको छ ।