नेपालमा कोरोनाबाट मृत्यु हुने ७ सय नाघ्यो

Uncategorized

देशभर पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नयाँ थपिएसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको ज्यान गएको छ ।