होण्डा सिबिआर ६०० आर आर बजारमा

Uncategorized

स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६०० आर. आर. नेपाली बजारमा भित्र्याएको छ । ४ सिलिन्डर लिक्विड कुलइन्जिन रहेको सिबिआर ६०० आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ ।

६ स्पिड गेयर बक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । यो बाइकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । ६६ एनएमटर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।