भोलिदेखि १५ कात्तिकसम्म सर्वोच्च बन्द रहने

विविध

सर्वोच्च अदालतमा भोलिदेखि १५ दिनसम्म बिदा हुने भएको छ । सर्वोच्च प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै १ देखि १५ कात्तिकसम्म अदालत बन्द हुने जनाएको हो ।

सर्वोच्च बन्द रहे पनि बन्दीप्रत्यक्षीकरण रिट निवेदनको भने सुनुवाइ हुने जनाइएको छ । शनिबार र विजयादशमी टीकाका दिनबाहेक अरू दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि खुला रहने सर्वोच्च प्रशासनले जनाएको छ ।

दसैंका बेलामा सधैँ यो अवधिमा अदालत बन्द हुने गर्दछ । यस वर्षको घटस्थापना भोलि शनिबारका दिन परेको छ भने कात्तिक १५ गते कोजाग्रत पूर्णिमा रहेको छ ।