“सञ्चार सेट (वाकीटकी) बोक्ने नक्कली प्रहरी पक्राउ”

Uncategorized

विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने KENWOOD ब्राण्डको 144 MHZ F.M.Transceiver-TH-22E र हेण्ड वाकिटकि सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको Rain coat, प्रहरीको T-shirt, Name plate, लगाई प्राय रातको समयमा म प्रहरी हुँ भनि काठमाण्डौ उपत्यकाका बिभिन्न रात्रीकालिन व्यबसाय संचालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभाबमा पारी आर्थिक लाभ लिने गरेको भन्ने बिशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी अनुसन्धान टोलिले जिल्ला रामेछाप खाडोदेबि गा.पा. वडा नं.६ घर भई हाल का.जि. बाँनियाटार बस्ने गोबिन्द खड्कालाई निम्न सामानहरु सहित मिति २०७७।०६।२९ गते बिहान ०७:०० बजेको समयमा का.जि. टोखा न.पा. वडा नं. ०८ बाँनियाटारबाट पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाएको छ ।

पक्राउ पर्ने :

नाम:– गोबिन्द खड्का

उमेर :– २८ बर्ष

ठेगाना:– जिल्ला रामेछाप खाँडोदेबी गा.पा. वडा नं. ०६

हालको ठेगाना:- का.जि.टोखा न.पा. बाँनियाटार

पेशा:- हार्डवेयर सामान डेलिभरी गर्ने ।

बरामद सामानहरु:-

१. KENWOOD लेखिएको 144 MHZ( made in Singapore) को सञ्चार सेट थान-: १

२. ALINCO लेखिएको Japan Made सञ्चार सेट थान-: १

३. गोबिन्द खड्का लेखिएको Name plate थान-: १

४. नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरु ।

५. सुरक्षा निकायले लगाउने बुट-: २ जोर

६. गोबिन्द खड्काको मतदाता परिचय पत्र -: १

७. सिठि थान-: २ ८. बा ७८ प १६२ नं. को मो.सा. थान -; १

९. सवारी चालक अनुमति पत्र थान-१

१०. बिभिन्न ब्राण्डको मोवाईल थान-४

अनुसन्धानको क्रममा बरामद भएको सञ्चार सेटहरु, सन् 2014 JAN मा बिदेशी पर्यटकहरु सगरमाथा आरोहणको समयमा आउने क्रममा बिदेशी पर्यटकहरुले खाना बनाउने र चालक काम गर्ने नेपाली मानिसलाई राख्न दिईएको मा २ बर्ष अगाडीबाट गोबिन्द खड्काले उक्त सेटहरुको दुरुपयोग गरेको देखिएको छ । बरामदी सञ्चार सेटले नेपालमा रहेका अन्य सञ्चार सेटको Frequency टिप्ने गरेको (जस्तै-:एयरपोर्टको Ground Holding ) प्रहरीको संचारसेट आदीको आवाज Receive हुने तर Transmit नहुने गरेको पाईएको छ।