अर्थमन्त्रीद्वारा पदभार ग्रहण, विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर

अर्थ

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेलले पदभार ग्रहण गर्नुभएको हो । बुधबार अर्थमन्त्री नियुक्त हुनुभएका उहाँले शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालयमा आएर पदभार लिनुभएको हो । उहाँले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने छ ।

पदभारपछि मन्त्री पौडेलले कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँ दोस्रोपटक अर्थमन्त्री हुनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि उहाँ अर्थमन्त्री हुनुहुन्थ्यो ।