‘गुण्डाले बार र रेष्टुरेण्ट खोल्न सके, तर मन्दिर सकेनन्’- कंगना

मनोरन्जन

बलिउड अभिनेत्री कंगना रनौत सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् । हालै मात्र पनि उनले सोसल मिडियामा हालेको एक स्टाटसले सारा बलिउड तातेको छ । उनले सोसल मिडियाको माध्यमबाट शिवसेनामाथि लगातार आक्रोश पोखिरहेकी छन् । उनले एक ट्वीट गर्दै गुण्डाहरुले रेष्टुरेण्ट, बार खोले पनि मन्दिर नखोलेको बताएकी छन् । उनले महाराष्ट्रका गभर्नरलाई एक पत्र लेख्दै भनेकी छन्, यस कोरोनाको महामारीका बेला रेष्टुरेण्ट तथा बारहरु खुलेका छन्, तर भगवानको पूजा गर्नको लागि मन्दिर खोलिएको छैन ।