कोरोना संक्रमणले क्यानको साधारण सभा फेरी स्थगित

खेलकुद

नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा फेरी स्थगित भएको छ । असोज २८ र २९ गतेका लागि तय भएको क्यानको साधारणसभा स्थगित गरिएको हो ।

अब मङ्सिर १५ सम्म क्यानले साधारण सभा गर्ने योजना बनाएको छ । क्यानले चैत्र ६ गते बसेको कार्यसमितीको बैठकबाट असोजको २८ र २९ गते बार्षिक साधारण सभा गर्ने बताएको थियो । त्यो बेला सके सबै भेला भएर र नभएमा भर्चुअलमा गर्ने बताएको थियो ।

तर त्यो बैठकबाट फर्किए लगत्तै अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना पोजेटिभ भएको थियो । सचिव प्याकुरेल अहिलेपनि अस्पतालमा भर्ना भइरहेका छन ।

कोरोना संक्रमणकै कारण साधारणसभा स्थगित गर्नुपरेको हो । क्यानका अध्यक्ष चन्दले आइसीसीसँगको सम्झौता अनुसार अक्टोबर १५ मा बार्षिक साधारण सभा गर्ने भनेर भनिएको थियो । तर कोरोनाकै कारण सम्भव हुन सकेन ।