आइपीएलमा बेंग्लोरको जित, चेन्नई ३७ रनले पराजित

Uncategorized

इण्डियन प्रिमियर लीग (आइपीएल) मा रोयल च्यालेञ्चर्स बेंग्लोर विजयी भएको छ ।

आइपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा बेंग्लोरले चेन्नई सुपर किंग्समाथि ३७ रनको जित निकालेको हो । १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा आठ विकेट गुमाएर १ सय ३२ रनमात्र जोड्न सक्यो ।

उसका लागि अम्बाटी रायुडुले ४२ तथा नारायन जगदीशनले ३३ रन जोडे । बलिङमा बेंग्लोरका क्रिस मोरिसले तीन तथा वासिंगटन सुन्दरले दुई विकेट लिए ।

यसअघि दुबईस्थित दुबई अन्तराष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेंग्लोरका कप्तान विराट कोहली ९० रन अविजित रहे ।

त्यस्तै देवदत्त पडीक्कल ३३ रनमा पेभेलियन फर्के । बलिङमा बेंग्लोरका श्रदुल ठाकुरले दुई विकेट हात पारे । जितपछि बेंग्लोर तालिकाको चौथो स्थानमा उक्लिंदा चेन्नई छैठौं स्थानमा रहेको छ ।

जारी लीगमा ६ खेलमा बेंग्लोरको यो चौथो जित हो भने सात खेल खेलेको चेन्नई पाँच खेलमा पराजित भएको छ ।

यसअघि शनिबार नै सम्पन्न पहिलो खेलमा कोलकाताका नाइट राइडर्सले किंग्स एलाभेन पञ्जाबमाथि दुई रनको रोमाञ्चक जित निकालेको थियो ।

प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।