कोलकतासँग पञ्जाव २ रनले पराजित

खेलकुद

आईपीएलको १३ औँ सीजनको २४ औँ म्याचमा किंग्स इलेभन पञ्जावलाई कोलकता नाइट राइडर्सले २ रनले पराजित गरेको छ ।

आबुधाबीमा भएको खेलमा टस जिेतर ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १६२ रन बनाउन सक्यो ।

अर्को खेलमा अहिले रोयल च्यालेन्जर्स ब्यांग्लोर चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्द्धा भईरहेको छ ।