खराब मौसमका कारण आजमगढमा हेलिकप्टर दुर्घटना ग्रस्त, पाइलटको निधन

विविध

भारतको उत्तर प्रदेशस्थित आजमगढ जिल्लामा खराब मौसमका कारण एक हेलिकप्टर दुर्घटना ग्रस्त भएको छ ।

दुर्घटनामा पाइलटको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।सोमवार बिहान ११ बजे हेलिकप्टर दुर्घटना ग्रस्त भएको हो ।

हेलिकप्टरमा बसेका अर्का व्यक्ति भने अहिलेसम्म नभेटिएको बताइएको छ ।