नेपालमा तीन दिन संविधान दिवस मनाइने भएको छ । मुद्रण विभागले असोज २ देखि ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो । विभागले संविधान दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्ले राखिने पनि जानकारी दिएको छ ।
साथै उक्त अवसरमा सबै नागरिकले घरघरमा नेपालको झण्डा फहराउन पनि विभागले अनुरोध गरेको छ । एसएमएसमार्फत संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ स्लोगन विभागले सबैलाई पठाउने पनि बताएको छ ।
असोज २ गतेदेखि ४ गतेसम्म दीप प्रज्वलन गर्ने र संविधान दिवसमा मोबाइल प्रयोगकर्तालाई पनि विशेष छुट दिने जनाइएको छ ।

