एउटै वडाका ४० जना सङ्क्रमित

विविध

बाँकेमा एकातिर कोरोना जित्नेहरू बढिरहेका छन् भने सङ्क्रमितहरू थपिने क्रम पनि जारी नै रहेको छ ।
जिल्लाको जानकी गाउँपालिकाको वडा नम्बर १ मा मात्रै बिहीबार ४० जना सङ्क्रमित भेटिएका छन् । ती सबै भारतको मुम्बई र गुजरातबाट आएको र उनीहरूलाई वडा नम्बर १ कै क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयले जनााएको छ ।

ती सबैलाई जानकी गाउँपालिकाकै विद्यालयमा तयार पारिएका तीन वटा आइसोलेसन सेन्टरमा राखिएको बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो । ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । जिल्लामा नरैनापुरपछि सबैभन्दा बढी सङ्क्रमित जानकी गाउँपालिकामा भेटिएका छन् ।