डिभी २०२१ को नतिजा भोलि राति ०९:४५ बजे प्रकाशन हुँदै

विविध

जेठ २३, २०७७  : नेपाली समय अनुसार भोलि राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया भोली जेठ २४ रातिको ०९:४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/ मा हेर्नुहोला। यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ।