थप २७८ जनामा कोरोनाको संक्रमण

विविध

काठमाडौं, २३ जेठ । थप २७८ जनामा कोरोनको संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले जनाएअनुसार आज थपिएका दुई सय ७८ जना संक्रमितमध्ये २६७ पुरुष र ११ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्या २९१२ पुगेको जानकारी दिएका छन् । उनले संक्रमित थपिएसँगै शतर्क रहन आग्रह गरेका छन् ।