काेराेना लागेर घरकै आइसोलेसनमा बस्नु परे सरकारकाे शर्त मान्नु पर्ने

विविध

सरकारले कोरोना भाइरस (कोभिड १९) केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका तयार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनको व्यवस्था गर्दै निर्देशिका तयार गरेको हो ।

उक्त निर्देशिका अनुसार अब लक्षण नदेखिएका र कम देखिएका कोरोना भाइरस संक्रमित घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर घरमै आईसोलेसनमा बस्न चाहने संक्रमितले सरकारको केहि शर्तहरु पालना पुर्नपर्नेछ ।

निर्देशिका अनुसार आईसोलनसनमा हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने व्यवस्था हुनुपर्छ । यस्तै उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत मगाउने, खानपानको व्यवस्थामा विषेश सावधानी अपनाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरु खानुपर्ने व्यवस्था छ ।

यस्तै बाथरुमको छुट्टै व्यवस्था मिलाउने, दिनमा कम्तीमा तीन पटक ज्वरो जाँच गर्ने लगायत छन् ।

घरमा रहने बिरामीलाई सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन फोन वा एसएमएसबाट स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक परामर्श दिई अभिलेख व्यवस्थित गर्ने व्यवस्था समेत गरेको छ ।