काठमाडौंका व्यापारीले पसल खोले

विविध

२२ जेठ, काठमाडौं । काठमाडौंका व्यापारीहरूले सबै प्रकारका पसलहरू खुला गरेका छन्। बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रका पसलहरू खुला भएका छन् । कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णयपछि सबैले पसलहरू खुला गरेका हुन् । लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न बाध्य भएको ,राज्यलाई तिर्ने कर, घर भाडा, बैङ्कको ब्याजदर र कर्मचारीको तलब भत्ता समेत भुक्तानी गर्न समस्या भएका कारण पसल व्यवसायहरू खुला गर्नुपरेको ब्यबसायीले बताएका छन्। वानेश्वरलगायत क्षेत्रहरूमा बिहानै पसल खोल्न पुगेका केही व्यवसायीहरूलाई भने प्रहरीले फर्काइदिएको छ । जबरजस्ती खोले बल प्रयोग गर्ने ���्रहरीको चेतावनीपछि वानेश्वरलगायतका केही क्षेत्रका पसलहरू भने खुल्न बाँकी रहेको महासंघले बताएको छ ।