आगलागीमा परी आमा छोरीको मुत्यु

विविध

 २०७७ जेष्ठ २२ : काठमाडौँ  – बिहिबार बिहान धरानमा आगोलागीमा परी एकै घरको आमा छोरीको मृत्यु भएको छ । आगोलागीमा परी मुत्यु हुनेमा ८७ वर्षीय धनमाया श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको छ । दुइतले घरमा आमाछोरी बस्दै आएका थिए ।

आगलागी सुरु भएपछि कोठाभित्र रहेकी छोरीलाई निकाल्न खोज्दा दुवैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।