पाकिस्तानका चर्चित क्रिकेटर रईजको कोरोनाको संक्रमणबाट मृत्यु

विविध

२०७७ जेष्ठ २२ : काठमाडौँ  – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसकान कारण पाकिस्तानका एक पूर्व क्रिकेटरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाकिस्तानका पूर्व क्रिकेटर रईज शेख रहेका छन् ।

उनको ५१ बर्षको उमेरमा कोरोनाको संक्रमणबाट मृत्यु भएको हो । उनलाई सुगरको पनि समस्या रहेको बताइएको छ ।  यससँगै पाकिस्तानमा कोरोनाको संक्रमणबाट मृत्यु हुने खेलाडीको संख्या ३ पुगेको छ । यसअघि जफर सरफराज र स्क्वासका लेजेन्ड खेलाडी आजम खानको पनि मृत्यु भएको थियो । एजेन्सी