२०७७ जेष्ठ २२ : काठमाडौँ – दैलेखमा एउटै नगरपालिकाका ६९ सहित १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतको प्रयोगशालामा भएको परीक्षणमा १०६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरमा अनुसार संक्रमितमध्ये नारायण नगरपालिकामा सबैभन्दा बढी ६९ जना रहेका छन् । नगरपालिकाका ६५ पुरुष र ५ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । त्यस्तै मुगुको खत्याडका एक पुरुषको पीसीआरको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
