२०७७ जेष्ठ २२ : काठमाडौँ – नेपालमा बिहिबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप ३३४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।
पछिल्लो रिपोर्टअनुसार कर्णाली प्रदेश र प्रदेश २ का सबैभन्दा बढीमा कारोना पुष्टि भएको हो । विराटनगर गरिएको परीक्षणमा १ जना पोजिटिभ, नारायणी अस्पतालमा १, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८, हेटौँडामा गरिएको परीक्षणमा १२ जना, पोखरामा १६ जना, सेती अस्पतालमा ३ जना, भेरी अस्पतालको प्रयोगशालामा ४२ जना, धुलिखेल अस्पतालमा १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १०६, कोशी अस्पतालमा ५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताउनु भयो ।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
डाक्टर देवकोटाका अनुसार अहिले देशभरका आइसोलेसनमा २ हजार ३ सय ८५ जना संक्रमित रहेका छन् । पछिल्लो २४ धण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म २ सय ९० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० जना रहेको छ ।
काठमाडौँ – नेपालमा बिहिबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।