काठमाडौं, जेठ ६ः दक्षिण बंगालको खाडीको मध्य भागमा विकसित भएको शक्तिशाली चक्रवात अंपुन नेपाल प्रवेश गरेको छ ।
चक्रवातका कारण देशैभरी आजदेखि तीन दिनसम्म मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीबाट भारतको पश्चिम बंगाल र ओडिसा राज्यहुदै नेपाल प्रवेश गरेको चक्रवातका कारण बिहिवार सम्म देशै भरि बदली भई केहि स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

यसैगरी उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एक-दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । १६० प्रतिघण्टाको वेगमा उत्तर तर्फ बढीरहेको चक्रवातले भारतीय राज्यहरु उडीसा र पश्चिम बंगालमा असर पुर्याउन सक्ने भन्दै त्यहाँउच्च सतर्कता अपनाइएको छ ।
