वामदेवलाई प्रतिनिधि सभामा लैजाने नेकपाको निर्णय, स्थायी कमिटी बैठक वैशाख २५ गते

विविध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ । आझ साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । साथै सचिवालय बैठकले यही वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक समेत बोलाएको छ ।