प्रधानमन्त्रीद्वारा सचिवालय बैठक अघि राष्ट्रपतिसँग भेटवार्ता

विविध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओ‌ली शनिबार अपारन्ह साढे ४ बजे राष्ट्रपतिलाई भेट्न शितल पुगेका हुन् ।

शनिबार ४ बजेलाई बोलाइएको नेकपाको सचिवालय बैठक साढे ५ बजेलाई सारेर प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरु बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए । त्यसलगत्तै उनी राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

आज बस्ने सचिवालय बैठक नेकपाको जारी विवाद मिलाउन निर्णायक हुने भनिएको छ ।