करीन फोर्टवान्ग्लर १५ मार्च बिहान ४:३० बजे उठे र अचानक पेट दुखेको महसुस गरे।
तीन सन्तानकी आमा, उनी सोच्थिन् कि उनी त्यस्तै महसुस गर्नेर्छिन् जब उनी आफ्ना अरू बच्चा जान्माउनु अघि प्रसव वेदनामा थिए – तर उनलाई लागेको थियो उनी गर्भवती थिइनन्।
तर केवल ३ घण्टापछि उनको हातमा भर्खरै जन्मिएकी उनकी छोरी थिइन् । सबैको लागि यो अचम्मको घटना थियो । अदबर्न, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकाबाट आएका करिनलाई पीरियड मिस हुने र थकान जस्ता लक्षणहरू थिए तर यसलाई उनले स्तनपान र व्यस्तताका कारण होला भन्ने ठानिन ।

उनि केही बिरामी परेकी त थिइन् तर त्यहि समयमा उनका छोरी चार्लोट -४ , छोरा रोजर-२ र सानी छोरी क्यारोलिन -१, सबैजना बिरामी परेका थिए, त्यसैले उनले सोचेकी थिइनन् कि उनलाई गर्वाधरणका कारण यस्तो भएको हो ।

“गर्वाधारण आफैमा एउटा फरक अनुभव हो ,शरीरमा फरकपना महसुस हुन्छ, तर यसपटक एकदमै फरक अनुभव थियो , मलाई पत्थरी पो भयो कि भन्ठानेकी थिएँ ”
“मेरो श्रीमान काममा जना तयार हुँदै थिए , अचानक मैले उनलाई भने तिमीलाई लाग्नसक्छ म पागल भएँ तर मलाइ लाग्छ म गर्भवती छु , उनलाई केहीबेर सम्झायेपछि उनले आफिसमा फोन गरेर बिदा मागे ।”
करिनले बिहानै उनको हस्पिटलमा फोन गरिसकेकी थिइन् जसका कारण उनलाई लिन स्वास्थ्यकर्मीहरु आइपुगे । डाक्टरले अल्ट्रासाउन्द गर्नासाथ भने तिम्रो पेटमा बच्चा छ ।
दुखाइका साथ ब्यूँझेको तीन घण्टा पछि र अल्ट्रासाउन्डको २० मिनेटपछि करिनले ५ एलबी १३ ओज तौल भएकी छोरी जन्माईन ।
बच्चा र आमा दुवै स्वस्थ्य छन् ।
