गाईघाट,वैशाख ७ गते । १३ जनामा कोरोना पूष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद क्षेत्रका बासिन्दाको नेपाली सेनाको चिकित्सक टोलीले आइतबार स्वाबको नमूना सङकलन सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण भएको छ कि भन्ने डरले गाउँलेहरु भयभित भइरहेको अवस्थामा नेपाली सेनाको सक्रियतामा सर्वसाधारणहरुको स्वाबको नमूना सङकलन सुरु भएको हो ।
