श्रीमतीसँग कोरोनो देखियो आइसोलेसन जान्छु भनेका युवक ‘गलफ्रेण्ड’सँग समातिए

विविध

आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर  घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

भारत ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए । लामो समय श्रीमान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई खोज्न प्रहरीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेसन सेन्टरमा खोजी शूरु गरेको थियो ।

लामो समय खोजेपछि नम्बर ट्रासिङको आधारमा उनलाई प्रहरीले पक्रेको हो । उनी नाम बदलेर प्रेमिकासँग एउटा घरमा बस्दै आएका रहेछन् । घटनापछि अहिले उनको यो समाचार भारतीय सञ्चारमाध्यममा छाएको छ ।