कंगना रनौटको अफिस अबैध निर्माण भएको भन्दै तोडफोड गरेपछि बृहन्मुम्बई नगर निगम (बीएमसी)को नजर फेमस फेशन डिजाइनर मनीष मल्होत्राको अफिसमा परेको छ । मनीष मल्होत्राको अफिस पनि मुम्बईको पाली हिलमा अवस्थित छ । जहाँ कंगनाको अफिस छ । बीएमसीले मनीष मल्होत्राको अफिसलाई अनाधिकृत निर्माण गरेको कारण देखाउँदै सुचना जारी गरेको छ ।
कंगना बीएमसीको यस कारवाहीलाई लिएर धेरै भड्कीदै छिन् र उनले शिवसेनामाथि तोकेर नै पोस्ट गर्दै आएकी छिन् । कंगनाले अफिस भित्र तोडफोड गरिएको भिडियो सार्वजनिक गर्दै डेथ अफ डेमोक्रेसी लेखेकी छिन् ।
